
प्रतीकात्मक तस्वीर
२३ असार, काठमाडौं । सीवाईसी नेपाल र आँधीखोला लघुवित्त मर्जरमा जाने भएका छन् । सीवाईसी नेपाल र आँधीखोला लघुवित्तले बुधबार मर्जरमा जाने प्रारम्भिक सम्झौता (एमओयू) गरेका हुन्।
स्याङ्जामा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्तको चुक्तापूँजी ११ करोड ९० लाख रुपैयाँ रहेको छ भने कास्कीमा केन्द्रीय कार्यालयले सीवाईसी नेपाल लघुवित्तको चुक्तापूँजी १२ करोड १६ लाख रुपैयाँ रहेको छ ।
धौलागिरि लघुवित्तसँगको मर्जर तोडिएपछि आँधीखोला लघुवित्तले सीवाईसी नेपाल लघुवित्तसँग मर्जरमा जान खोजेको हो ।
मर्जर सम्झौता भएसँगै आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको सेयर कारोबार दोस्रो बजारमा रोक्का भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4