
२३ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले पाएका छन् ।
हालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीको सरुवा भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले डीआईजी राईलाई उक्त जिम्मेवारी दिएका हुन् ।
प्रतिआतंकवाद र विध्वंसात्मक गतिविधिबारे अनुसन्धान गर्ने विशेष ब्यूरोमा लामो समयसम्म काम गरेका राई चर्चामा नआइ काम गर्ने अधिकृतहरु मध्येमा पर्छन् । उनीले पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययन गरेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ताको रुपमा प्रहरी काम, कारबाही र सूचना प्रवाहलाई व्यवस्थित ढंगले लैजाने राईले बताए । उनले भने, ‘आमजनसरोकारका विषयमा यथाशिघ्र सूचना प्रवाह गर्न भूमिका खेल्नेछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4