+

नेपालका बलिङ प्रशिक्षक धम्मिका प्रसाद स्कटल्याण्ड जाँदै

२०७९ असार  २४ गते ९:५९ २०७९ असार २४ गते ९:५९
नेपालका बलिङ प्रशिक्षक धम्मिका प्रसाद स्कटल्याण्ड जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ प्रशिक्षक धम्मिका प्रसाद स्कटल्याण्ड जाँदैछन् । क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित शृंखलाका लागि धम्मिका श्रीलंकाबाटै स्कटल्याण्ड जान लागेका हुन् ।

उनले आफू नेपाली टिममा सामेल हुन स्कटल्याण्ड आउँदैछु भनेर सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

यसअघि अमेरिकाले भिसा नदिँदा उनी अमेरिकामा भएको लिग टु का लागि भने जान सकेनन् ।

उनले दुई पटक श्रीलंकाको कोलोम्बोस्थित अमेरिकी दूतावासमा पहल गरे पनि भिसा नपाएको भन्द दु:ख व्यक्त गरेका थिए ।

लिग टु शृंखला २६ असारदेखि १ साउनसम्म स्कटल्याण्डको ग्लास्गो र अयरमा हुनेछ जसमा नेपालले चार खेल खेल्नेछ । नेपालले पहिलो खेल २७ असारमा नामिबियासँग खेल्नेछ ।

धम्मिका प्रसाद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय