+
+

मिस नेपाल अर्थ सरिशाले सुरु गरिन् धुलिखेलमा १५ हजार वृक्ष रोप्ने अभियान

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १३:००

काठमाडौं । मिस नेपाल अर्थ डा. सरिशा श्रेष्ठले १५ हजार वृक्षरोपण गर्ने अभियान सुरु गरेकी छन् । धुलिखेलस्थित रिक्रिएसनल पार्कमा शुक्रबार बिहान २०० वटा वृक्ष रोपेर अभियानको थालनी भयो ।

धुलिखेल नगरपालिकाको आयोजनामा भएको यो वृक्षरोपण अभियान थाल्दै श्रेष्ठले मिस नेपाल प्लेटफर्ममार्फत वातावरण जगाउने कार्यमा आफू सरिक हुने र मिस अर्थ प्लेटफर्ममा आफूले नेपालको वातावरणीय मुद्दालाई प्रस्तुत गर्ने बताइन् ।

गत वर्ष बेलायतको ग्लास्गोमा सम्पन्न राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२६ को छेकोमा बेलायती दूतावासले यो अभियान कार्यान्वयनमा ल्याएको थियो । धुलिखेलका नगरप्रमुख अशोककुमार ब्याञ्जुले पनि मिस नेपाल अर्थसँगै वृक्षरोपण गरे । उनले समुदायलाई एक लाख बिरुवा उपलब्ध गराउने वचन पनि दिए ।

मिस नेपाल अर्थको क्राउन जितेपछि पहिलोपटक सरिशा सामाजिक कार्यमा सहभागी भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?