२४ असार, काठमाडौं । डच च्याम्पियन आयाक्सले स्टेभन बर्गविनलाई प्रिमियर लिट क्लब टोटनह्यामबाट २६.४ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ ।
नेदरल्याण्ड्स राष्ट्रिय टोलीका २४ वर्षीय विंगर स्टेभनले यसअघि युवा स्तरमा आयाक्सका लागि खेलिसकेका छन् । उनले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
सन् २०२० मा नेदरल्याण्ड्सकै पीएसभी इन्डहोभेनबाट इंग्ल्याण्ड पुगेका स्टेभनले टोटनह्यामका लागि ८१ खेलमा ८ गोल गरेका छन् ।
‘स्टेभनले आफ्नै रोजाईमा आयाक्स फर्किने निर्णय लिएका हुन्,’ मुख्य प्रशिक्षक अल्फ्रेट सेडरले भने, ‘उनी एक बहुप्रतिभाशाली खेलाडी हुन् ।’
प्रतिक्रिया 4