
काठमाडौं । जीडब्ल्यूएम–नेपालले ललितपुरको चाकुपाटमा सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सञ्चालनमा ल्याइएको सर्भिस सेन्टरबाट विश्वस्तरीय सेवा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । भीइजी इम्पेक्स प्रालि (जीडब्ल्यूएम–नेपाल) नेपालका लागि जीडब्ल्यूएम ब्रान्डका गाडीको आधिकारिक आयातकर्ता र वितरक हो ।
नेपालमा यो गाडीको बिक्रीपछि सर्भिस सेन्टर सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ । यो सुविधा सम्पन्न सर्भिस सेन्टर १५ हजार वर्ग फिट भन्दा बढी क्षेत्र ओगटेको छ । सर्भिस सेन्टरको क्षमता प्रति महिना ६०० बढी सवारी साधनलाई दु्रत सेवा प्रदान गर्न सक्ने ६ कक्षहरु रहेका छन् । जहाँ हाइ–टेक उपकरणको सहायतामा दक्ष प्राविधिकहरुले सेवा दिनेछन् ।
जीडब्ल्यूएम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टले गाडीको सुरक्षाका लागि सर्भिस सेन्टर चनाखो रहने बताए ।
जीडब्ल्यूएम सर्भिसका उपमहाप्रबन्धक अजित पटेलले यस कम्पनीका सवारी साधनहरु ह्यान्डल गर्न कम्पनी सक्षम रहेको बताए । उनले भने, ‘हामी नवीनतम डायग्नोस्टिक उपकरण एवं असली पाट्र्सहरु प्रयोग गर्छौं । जसले तपाईंको गाडीले उत्कृष्ट सेवा प्राप्त गरोस् र यो जसरी चल्नुपर्ने हो त्यस्तै वास्तविक अवस्थामा चलोस् ।’
प्रतिक्रिया 4