
वायाँबाट- नेपाली कांग्रेसका उम्मेदवार रंग खाती र नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ
२४ असार, बाजुरा । बाजुरा बूढीगंगा नगरपालिकामा भएको स्थानीय तह चुनावको प्रारम्भीक नतिजा सार्बजनिक भएको छ ।
वडा नं. १ र १० को ४ सय मतगणना गन्दा नेकपा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले ३ मतको अग्रता लिएका छन् । उनले १८८ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले १८५ मत पाएका छन् ।
यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १८७ र नेपाली कांग्रेसकी रिता शाहीले १८५ मत पाएका छन् ।
बूढीगंगामा ३० वैशाखमा भएको स्थानीय चुनाव रद्ध गरी बिहीबार फेरि मतदान गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4