
काठमाडौं । आगामी शुक्रबार प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सिल्ली फो’को नयाँ गीत ‘चार इञ्चको सेन्डल’ सार्वजनिक भएको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र रविन्द्र झा चित्रित छन् । पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा दीपक लिम्बू र प्रीति आलेको स्वर समावेश छ ।
कमेडी जनराको ‘सिल्ली फो’लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । नायिका बन्ने सपना पालेका चार ‘मूर्ख’ पात्रको कथावस्तुमा बनेको फिल्ममा हास्य कथावस्तु राखिएको निर्देशक सानेले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4