
२४ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले असार २२ (गत बुधबार) मा बीबीए छैटौं सेमेष्टरका लागि लिएको परीक्षा रद्द गरेको छ ।
व्यवस्थापन संकाय तर्फको ‘एमजीटी २०३ : अर्गनाइजेसन बिहाभियर’ विषयको परीक्षा रद्द गरेको हो ।
त्रिविले शुक्रबार सूचना प्रकाशित गरेर लिइसकेको उक्त परीक्षा रद्द गर्ने जानकारी गराएको छ । उक्त विषयको परीक्षा साउन १ गते हुने त्रिवि परीक्षा नियन्त्रण महाशाखाले जानकारी गराएको छ ।
मोर्डन नेपाल कलेजले ‘प्रिबोर्ड’ का लागि लिएको प्रश्नसँग त्रिविको प्रश्न हुबहु मिलेपछि परीक्षा रद्द गरिएको हो । सम्पन्न भइसकेको परीक्षा रद्द गर्ने त्रिविको निर्णयप्रति विद्यार्थीले आपत्ति जनाएका छन् ।
त्रिविको असक्षमताका पटक पटक भोग्नुपरेको पद्मा कन्या क्याम्पसमा अध्ययनरत छात्रा सगुन कँडेलले बताइन् ।
‘एउटा प्राइभेट कलेजले प्रश्नपत्र किन्ने र अरु विद्यार्थीलाइ सजायँ किन?’ कँडेलले प्रश्न त्रिवि प्रशासनलाई प्रश्न गरिन्,‘यस्ता अनर्थका निर्णयले विद्याार्थीलाई पर्न जाने असुविधाको जिम्मेवारी कसले लिने?’
हेर्नुस् सूचना
प्रतिक्रिया 4