
सिन्जो आबेमाथि भएको गोली प्रहारको घटनाको समाचार बिहानैदेखि बाहिर आएपछि मेरा साथीहरु र सम्पर्कमा रहेकाले सोधिरहेको एउटै प्रश्न छ : जापानमा यस्तो कसरी हुनसक्छ ?
म आफैले यसबारे पनि धेरै सोचिरहेको छु । यस्तो हिंसात्मक अपराधको बारेमा यहाँ बसेर मैले सोच्ने कुरा पनि थिएन ।
पीडितको पहिचानले त झनै समाचारलाई स्तब्ध तुल्याउँछ ।
सिन्जो आबे अबदेखि जापानको प्रधानमन्त्री नबन्न सक्छन् तर उनी अझै पनि जापानी सार्वजनिक जीवनमा एक विशाल व्यक्तित्व हुन् र सम्भवतः पछिल्लो तीन दशकको जापानी राजनीतिमा सबैभन्दा चिनिने व्यक्ति पनि ।
आबेलाई कसले मार्न चाहन्छ र किन ?
म अर्को एक राजनीतिक हिंसाको बारेमा सोच्दैछु जुन स्थानीय जनताको लागि उति नै स्तब्ध पार्ने खालको छ । जसले सन् १९८६ मा स्वीडेनका प्रधानमन्त्री ओलोफ पाल्मेमाथि गोली प्रहारको घटनाको याद दिलाउँछ ।
मैले यी कुरा भनिरहँदा यहाँका मानिस हिंसात्मक अपराधको बारेमा सोच्दैनन् । मैले बढाइचढाइ गरेर भनेको पनि हैन ।
हो यहाँ याकुजा भनिने जापानको हिंसात्मक अपराधी समूह छ । तर, अधिकांश मानिस उनीहरुको सम्पर्कमा आउँदैनन् । याकुजा पनि बन्दुकबाट टाढा रहन रुचाउँछन् किनकी अवैध काम गरे बापत प्राप्त हुने दण्डको लागि आफूहरु योग्य ठान्दैनन् ।
जापानमा बन्दुक राख्नु निकै कठिन कार्य हो । यसका लागि अनिवार्य प्रशिक्षणसहित कुनै आपराधिक रेकर्ड, मनोवैज्ञानिक मूल्यांकन र छिमेकीसँग अन्तर्वार्ता लिने प्रहरीसहित ब्यापक पृष्ठभूमि जाँचको आवश्यकता पर्छ ।
त्यसैले यहाँ बन्दुक अपराधको अस्तित्व लगभग छैन भन्दा हुन्छ । जापानमा बन्दुकको कारण १० जना भन्दा कम व्यक्तिको मृत्यु हुने गरेको छ । सन् २०१७ मा जम्मा तीनजना मारिएका थिए ।
त्यसैले आबेमाथि गोली हान्ने बन्दुकधारी र उसले प्रयोग गर्ने हतियारमा धेरैको ध्यान केन्द्रित भएकोमा अचम्म मान्नुपर्दैन ।
ऊ को हो ? उसले बन्दुक कहाँबाट ल्यायो ? जापानी सञ्चारमाध्यमको विवरणअनुसार ४१ वर्षिय सो व्यक्ति सरकारी सेना बराबर मानिने मुलुकको आत्मरक्षा बलको एक सदस्य हो ।
तर, केही गहन अनुसन्धानका अनुसार ती व्यक्तिले जापानी नौसेनामा ३ वर्ष मात्र बिताए । उसले प्रयोग गरेको बन्दुक झन् रहस्यपूर्ण छ । गोली प्रहारपछि भुइँमा खसेको देखिएको उक्त बन्दुक घरमै बनाएको जस्तो देखिन्छ । कालो ग्याफर टेपसँग स्टिल पाइपको दुई बिटले बाँधिएको र हातले बनाएको ट्रिगरजस्तो । यो इन्टरनेटबाट डाउनलोड गरिएको कुनै योजनाबाट प्रभावितजस्तो देखिन्छ ।
उसो भए, यो के जानीजानी गरिएको राजनीतिक आक्रमण हो वा प्रसिद्ध व्यक्तिलाई गोली हानेर चर्चित हुने कल्पनासहित रचिएको कुनै कार्य ? अहिलेसम्म हामीलाई थाहा छैन ।
पक्कै पनि जापानले राजनीतिक हत्याको घटनामा आफूलाई समावेश गरेको छ । सबैभन्दा चर्चित सन् १९६० मा जापानी समाजवादी पार्टीका नेता इनेजिरो आसानुमालाई समुराई तरबार चलाउने दक्षिणपन्थी कट्टरपन्थीले पेटमा छुरा प्रहार गरेको थियो । यद्यपी जापानमा अहिले पनि दक्षिणपन्थी चरमपन्थीको अस्तित्व छ । अब दक्षिणपन्थी राष्ट्रवादीका लागि आबे अब असम्भव लक्ष्य हुनेछन् ।
हालैका वर्षमा हामीले अर्को खालको एक अपराध सामान्य बन्दै गएको देख्न थालेका छौं । शान्त देखिने एक्लो पुरुष जो कोही र कसैसँग घृणा ओकल्न चाहन्छ ।
सन् २०१९ मा एक व्यक्तिले क्योटोको लोकप्रिय एनिमेसन स्टुडियो रहेको भवनमा आगो लगाउँदा ३६ जनाको ज्यान गयो ।
प्रहरीसँगको बयानमा ती व्यक्तिले भनेअनुसार स्टुडियोले काम खोसेपछि उनी क्रुद्ध थिए । सन् २००८ मा भएको अर्को घटनामा, एक असन्तुष्ट युवकले टोक्योको अकिहाबरा जिल्लामा किनमेल गर्नेहरुको भीडमा ट्रक ठोक्काए, त्यसपछि बाहिर निस्किए र दर्शकलाई छुरा प्रहार गर्न थाले । उक्त घटनामा सात जनाको मृत्यु भयो ।
आक्रमण गर्नुअघि उनले ‘म अकिहाबारामा मानिसलाई मार्नेछु । मेरो एउटा पनि साथी छैन । म कुरुप छु । म रद्दी टोकरीभन्दा तल छु’ भनेर अनलाइन सन्देश पोस्ट गरेका थिए ।
यी दुई घटनामध्ये आबेको गोली प्रहारको घटना कुन घटनासँग मेल खान्छ भन्ने अझै स्पष्ट छैन । तर, यो हत्याले जापानलाई बदल्ने निश्चितजस्तै देखिन्छ ।
जापान कति सुरक्षित छ भन्दा पनि यहाँको सुरक्षा निकै सहज किसिमको छ । अहिले भैरहेकोजस्तै चुनाव प्रचारको क्रममा राजनीतिज्ञहरु सडकको कुनामा उभिएर भाषण गर्छन् र पसले तथा यात्रुसँग हात मिलाउँछन् ।
अब यो कुरा स्पष्ट छ कि आक्रमणकारी कसरी आबेको नजिक पुग्न सक्षम भयो र हतियार झिकेर आक्रमण गर्न सक्यो भनेर ।
पक्कै पनि आजको दिनदेखि यो सबै कुरा परिवर्तन हुनुपर्छ ।
(- बीबीसीमा प्रकाशित सामग्रीको भावनुवाद)
प्रतिक्रिया 4