
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिले फोटो पत्रकार भरतबन्धु थापालाई ‘पर्यटन दूत’ मनोनीत गरेको छ ।
कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार-प्रसार, कला-संस्कृति र जनजीवनको अभिलेखीकरण एवम् समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान गरेकोले थापालाई पर्यटन दूत मनोनीत गरिएको महासंघको कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए ।
शाहीका अनुसार असार १७ गतेको कार्यकारिणी समिति बैठकले यो निर्णय गरेको हो ।भगवतीमाई गाउँपालिका-४ मनघर दैलेखका थापा दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4