
२५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा देखिएको विवाद मिलाउनका लागि सुझाव समिति गठन गरेको छ ।
आज शनिबार बसेको पार्टी स्थायी समिति बैठकले तीन जना पूर्वविद्यार्थी नेताहरू सम्मिलित सुझाव समिति गठन गरेको हो ।
समितिमा पूर्व विद्यार्थी नेता रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् । उनिहरूले विवाद समाधानका लागि पार्टी स्थायी समितिलाई सुझाव दिने छन् । निर्णय भने स्थायी समितिले नै गर्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
नयाँ नेतृत्व चयनका क्रममा सुरु भएको अखिल क्रान्तिकारीको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ ।
केन्द्रीय समिति उपाध्यक्षसमेत रहेका पवन कार्कीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको । कार्की नेतृत्वको असन्तुष्ट समूहले नयाँ राष्ट्रिय सम्मेलनको घोषणा समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4