
२५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिवंगत र्याप गायक यमबुद्धको सालिक आफ्नो तलबको रकमबाट बनाउने बताएका छन् ।
काठमाडौं महानगरपालिकाको बजेटबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए ।
महानगरवासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेका हुन् ।
स्थानीय तहका पदाधिकारीले प्रदेश कानुन अनुसार सेवा सुविधा पाउने व्यवस्था छ । वागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिकाका मेयरको मासिक सुविधा ४२ हजार रूपैयाँ तोकिएको छ । यसबाहेक सञ्चार सुविधामा मेयरले मासिक ३ हजार रुपैयाँ पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4