+
+

राष्ट्रिय शोकको दिन मधेश प्रदेशसभाको बैठक, विपक्षीले गरे बहिष्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २५ गते १५:२९

२५ असार, जनकपुरधाम । संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन प्रदेशसभा बैठक राखेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेका सांसदहरुले मधेश प्रदेशको बैठक बहिष्कार गरेका छन् ।

शनिबारको बैठक प्रारम्भ भएलगत्तै लोसपा र एमालेका सांसदहरुले नेपाल सरकारले शोक मनाउने निर्णय गरिसकेको अवस्थामा पनि बैठक बोलाएको बताउँदै उनीहरुले बैठक बहिष्कार गरिएको घोषणा गरेका हुन् ।

बैठक सुरु भएलगत्तै लोसपा सांसद परमेश्वर साह र उपेन्द्र महतो, नेकपा एमालेका सांसल किशोरी साह ‘कमल’ ले शोक घोषणा गरेका दिन बैठक बोलाएकोबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुख सरोज कुमार यादवले बैठकलाई निरन्तरता दिएपछि यी सांसदले बैठक बहिष्कार भएको घोषणा गर्दै बैठकबाट बाहिरिएका छन् ।

बैठक बहिष्कार गरिएपछि सभामुख यादवले आजै १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएपछि नेपाल सरकारले शनिबार शोक मनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?