
२५ असार, पोखरा । पोखरा उपत्यका नगर विकास समितिले पर्यटकीय बसपार्क, गल्फ कोर्स र यातायात कार्यालय पछाडिको ६३ रोपनी जग्गा भाडामा दिएको विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।
शनिबार बिहान बसेको समितिको वैठकले नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिको सदस्यमा पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बराल, एकीकृत समाजवादीका उपाध्यक्ष झपिन्द्रराज रेग्मी, नेपाली कांग्रेसका सचिव देवेन्द्र रानाभाट र कानुन व्यवसायी सुकदेव गौतम रहेका छन् । समिति स्रोतका अनुसार छानबिन समितिलाई एक हप्ताभित्र प्रतिवेदन दिने कार्यादेश दिइएको छ ।
समितिको वैठकले ठेक्का प्राप्त गरेकालाई तत्काल काम अगाडि नबढाउन पत्राचार गर्ने निर्णय पनि गरेको छ । नगर विकास समितिका अध्यक्ष तथा पोखरा महानगरपालिकाको निवर्तमान मेयर मानबहादुर जिसीले पोखराको तीन ठाउँको ६३ रोपनी जग्गा तोक आदेशमा ठेक्कामा लगाएका थिए । जिसीले भने आफूले कानुन अनुसार नै ठेक्का लगाएको दावी गर्दै आएका छन् ।
प्रतिक्रिया 4