
२६ असार, भक्तपुर । भ्रातृ संस्थाको विधानलाई अन्तिम दिन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।
पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान प्रतिवेदन तयार पार्न नेपाली कांग्रेसले एनपी साउदको नेतृत्वमो समिति बनाएको थियो । सो समितिले बुझाएको विधानलाई अन्तिम रुप दिने विषयमा उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको पदाधिकारी बैठकमा छलफल हुँदै आएको छ । नेविसंघ र दलित संघको विधान टुंगो लागिसके पनि अन्यको बाँकी छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार यो बैठक पार्टी उपसभापति खड्का नेतृत्वको बैठकको निरन्तरता हो । यो बैठकमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी हुँदैनन् ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गत फागुन ३ गते १० वटा भातृ संस्था भंग गरेको थियो । तीमध्ये नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष पार्टी सभापति देउवाले मनोनित गरेका छन् । दलित संघ भंग गरिएको छैन तर अधिवेशन गर्न सकेको छैन ।
प्रतिक्रिया 4