
२६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जीवातु(जैविक तरल पदार्थ) हालेर प्लाष्टिकले छोपेको छ ।
अहिले झरीले बञ्चरेडाँडा जाने सडक विग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेको छैन । त्यसैले टेकुमा फोहोर थुप्रिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय सदस्य सुनिल लम्सालका अनुसार अहिले फोहोर भरिएका १५० भन्दा धेरै गाडी जान सकेका छैनन् । टेकुमा माघदेखिको फोहोर जम्मा भएको लम्सालले अनलाइनखबरलाई जानकारी दिए ।
टेकुको ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।
तस्वीरहरू : काठमाडौं महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4