+
+

सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १२:४४

२६ असार, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको १० रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँले कारोबार भइरहेको छ । शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार १७५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?