
काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोगको बीमा वापत तीन जना ग्राहकलाई बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँ भुक्तानी गरेको छ ।
सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ ।
बीमा भुक्तानी पाउनेमा स्वयम्भु शाखाबाट हरिन्द्र शाह, जाजरकोट शाखाबाट प्रचण्डजंग शाहज्यू र थली शाखाबाट सञ्जित तामाङ रहेका छन् ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले तीनै जनालाई संयुक्त रुपमा बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4