
२६ असार, धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका-१स्थित धनगढी रोडमा नेपाल विद्युत प्राधीकरण अत्तरियाको कम्पाउण्ड भित्र सु.प.प्र. ०१-००१-ख २६७४ नम्बरको ट्रकमा विद्युतको तारहरू लोड गर्ने क्रममा करेन्ट लागेर सोही ट्रकको सह चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सहचालक बझाङको केदारस्यु गाउँपालिका-१ का २१ वर्षीय सन्तोष भण्डारी रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
भण्डारीको उपचारका क्रममा धनगढीको के.जी. अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4