+

नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिले पूर्णता पायो

२०७९ असार  २६ गते २०:२३ २०७९ असार २६ गते २०:२३
नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिले पूर्णता पायो

२६ असार, काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिले पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले समितिमा मनोनित पदाधिकारीहरुलाई आइतबार मनोनयन पत्र हस्तान्तरण गरे ।

मनोनित हुनेमा सदस्यहरुमा राखेपका बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख लक्ष्मीप्रसाद भट्टराई, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङ, प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, खेलकुद विकास विभागका प्रमुख वज्रबहादुर केसी, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक संगमसिंह थापा, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा रहेका छन् ।

कार्यकारी समितिको सदस्य–सचिवको जिम्मेवारी प्रचार प्रसार शाखाका प्रमुख फणिन्द्र पौड्यालले पाएका छन् । पौड्यालले नवौं राष्ट्रिय खेलकुद सचिवालय प्रमुखको जिम्मेवारी समेत पाएका छन् ।

मनोनयन पत्र हस्तान्तरणपछि बसेको बैठकमा सदस्य–सचिव घिसिङले मनोनित हुने पदाधिकारीलाई राष्ट्रिय पर्वका रुपमा रहेको बृहत खेलुकदलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न एकजुट भएर अगाडि बढ्न निर्देशन दिदै पाएको जिम्मेवारीलाई पूरा गर्न सबै कटिवद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय