
२७ असार, दाङ । दाङमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१० जलौराचोकमा कारको ठक्करबाट सोही ठाउँका २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ ।
चौधरीलाई आइतबार राति पौने ९ बजेतिर घोराहीतर्फ जाँदै गरेको बा०१-०२५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
कारको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा निधन भएको हो । चालक र गाडी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4