+
+

वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउछौं : मन्त्री कुँवर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १२:२८

२७ असार, धनगढी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाइने बताएका छन् ।

समावादी प्रेस संगठन कैलाली, सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीलाई कसरी व्यवस्थित र सुरक्षित गर्न सकिन्छ भन्ने विषयमाआफू गम्भीर भएको बताउँदै त्यसका लागिआवश्यक पर्ने काम गर्ने प्रतिबद्धतासमेत जनाए ।

‘श्रम गन्तव्यमा पर्ने देशहरूमा गएका मजदुरहरूको सुरक्षा कसरी गर्न सकिन्छ ? रोजगारीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सवालमा सम्बन्धित देशका राजदूतहरूसँग पनि विभिन्न माध्यमले कुराकानी गरिरहेको छु’ कुँवरले भने, ‘अब नीतिगत रुपमा कसरी अघि बढ्न सकिन्छ भनेर हामी अत्यन्त संवेदनशील भएर काम गर्नेछौं ।’

उनले महिला श्रमिकलाई पनि वैदेशिक रोजगारीमा पठाउनुपर्ने माग उठिरहेकाले विदेशमा उनीहरूको पूर्ण सुरक्षाको ग्यारेन्टी कसरी हुन्छ भन्ने विषयमा समेत सरकार गम्भीर रहेको बताए ।

महिलाहरूले आफूलाई पूर्ण रुपमा सुरक्षाको अनुभूति गरेपछि श्रम गन्तव्यमा पठाउनुपर्छ भन्ने मान्यताका काम गर्ने कुँवरको भनाइ थियो ।

उनले सामाजिक सुरक्षा कोष प्रभावकारी बनाएर थप श्रमिकहरूलाई कोषमा आवद्ध गराउने योजना पनि मन्त्रालयको रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?