
२७ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय प्रवेशमा कडाइ गरिएको छ ।
नेता शेखर पक्षका कार्यकर्ताले कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन्। शेखर पक्षका कार्यकर्ताले ब्यानर सहित मौन रूपमा विरोध प्रदर्शन गरिरहेका छन् ।
त्यसैले केन्द्रीय कार्यालय प्रवेश गर्दा केन्द्रीय सदस्यको नाम रुजु गरेर मात्रै प्रवेश गराइएको छ।
अन्य कार्यकर्तालाई प्रवेशमा रोक लगाइएको छ। केन्द्रीय कार्यालयको परिसर आसपास ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । केन्द्रीय समिति वैठक १ बजेदेखि बस्ने गरी बोलाइएको छ।
तस्वीरहरु : आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4