
२७ असार,काठमाडौं । चालु आर्थिक वर्ष सकिनै लाग्दा वित्तीय प्रणालीमा तरलता सहज बन्दै गर्दा सेयर बजार भने लगातार घट्न लागेको छ । आइतबार सार्वजनिक बिदा पछि सोमबार खुलेको सेयर बजार सुरुवाती समयमा बजार परिसूचक नेप्सेमा उच्च गिरावट भएको छ ।
बजार खुलेको डेढ घण्टामा नेप्से ६४.०४ अंकले गिरावट हुँदा १९२८.५८ अंकमा झरेको छ । साढे १२ बजेसम्म बजारमा २० लाख ४८ हजार ५११ कित्ता सेयर किनबेच हुँदा ८१ करोड ६० लाखको कारोबार भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । नेप्से ३.२१ प्रतिशतले ओरालो लाग्दा विकास बैंक, हाइड्रोपावर, वित्त कम्पनी लगायत उपसूचकमा ४ प्रतिशत भन्दा माथिको गिरावट भएको छ ।
कारोबारमा आएकामध्ये सोल्टी होटल सपोर्ट लघुवित्त तथा ३ वटा म्युचअल फण्ड इकाइ बाहेक सबैको मूल्यमा गिरावट भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4