
काठमाडौं । स्टडी स्क्वायरले काठमाडौंको ज्ञानेश्वरमा ‘इन्टरनेशनल एजुकेशन फेयर २०२२’ आयोजना गरेको छ ।
उच्च शिक्षा अध्ययनका लागि धेरै विषय अध्ययन नगरी विदेश जाँदा विद्यार्थीहरुले सोचेजस्तो कलेज र शिक्षा पाउन नसकेको गुनासो बढेपछि स्टडी स्क्वायरले एक दिने एजुकेशन फेयर आयोजना गरेको हो ।
एक दिने एजुकेशन फेयरबाट विद्यार्थीले आफूलाई उपयुक्त हुने देश, कलेज, कामका साथै अन्य आवश्यकीय ज्ञान प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । विद्यार्थीको भविष्य कलेज, शुल्क र कामले मात्रै निर्धारण नगर्ने स्टडी स्क्वायरकी नेपाल प्रमुख सुजता शेर्पाले बताइन् ।
आयोजकका अनुसार विदेश अध्ययनमा सबैभन्दा महत्वपूर्ण तत्व विद्यार्थीको कोर्स रहेकाले यो फेयरमा सोही विषयबारे विस्तृत जानकारी गराइने छ । कार्यक्रममा सहभागी विद्यार्थीले स्टडी स्क्वायरमा आएल्स, पीटीई र स्याट अध्ययनमा छुट पाउने आयोजकको भनाइ छ ।
विद्यार्थीको शैक्षिक योग्यताका आधारमा छात्रावृत्ति पाउनुका साथै ३० बढी कलेजहरुमा एप्लाई गर्दा कुनै प्रक्रियागत खर्च नलाग्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4