
२७ असार, काठमाडौं । नेपालमा पर्यटक आगमनमा सुधार भएसँगै सेवा क्षेत्रतर्फको भ्रमण आय बढ्न थालेको छ । नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो ६ महिनामा २ लाख ३७ हजार भन्दा बढी पर्यटक आएका छन् ।
यसले चालु आर्थिक वर्षको भ्रमण आयमा सुधार ल्याएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । जेठ मसान्तसम्म नेपालले भ्रमण आय २५ अर्ब ५२ करोड रुपैयाँ गरेको छ । गत आवको यसै अवधिमा ६ अर्ब ६९ करोड रुपैयाँ भ्रमण आय भएको थियो ।
यस अवधिमा खुद सेवा आय ९९ अर्ब ९३ करोडले घाटामा रहेको छ । गत आवको यसै अवधिमा खुद सेवा आय ६३ अर्ब ८९ करोड रुपैयाँ घाटामा थियो । यसो हुनुमा नेपालबाट सेवा क्षेत्रमा बाहिरिने रकम ठूलो हुनु हो । चालु आवको ११ औं महिनासम्म शिक्षा तर्फको व्यय ५९ अर्ब ९९ करोड रहेको थियो । गत वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ३० मात्र २३ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया 4