
२७ असार, सप्तरी । बर्षाको कामना गर्दै सप्तरीमा पूजापाठ गरिएको छ ।
तिरहुत गाउँपालिका– ५ लोहजारास्थित बाबा वनसखण्डी मठमा प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालयका प्रमुखहरुले सामूहिक रुपमा पूजा गर्दै बर्षाको कामना गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्ले सहितका सुरक्षा अधिकारी र सरकारी कार्यालयका प्रमुखहरुले मठमा पूजा गरेका हुन् ।
लोहजरा भेडिया मठको नामले प्रसिद्ध वनसखण्डी मठमा रुद्री पाठ, इन्द्र पूजा र हवन गरिएको तिरहुत गाउँपालिका अध्यक्ष विजय यादवले जानकारी दिए ।
जिल्लाका प्रमुख व्यक्तिहरुले यो मठमा पूजा गरेपछि बर्षा हुने जनविश्वास रहेको छ । यही विश्वासको आधारमा प्रत्येक बर्ष यहाँ जिल्लाका प्रमुख व्यक्तिहरुले पूजा गर्दै आएका छन् ।
मठमा विधिवत पूजा गरेपछि पानी पर्ने जनविश्वास रहेकाले जनताको भावनालाई बुझेर यो पूजापाठ गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
प्रतिक्रिया 4