+
+

सुन चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते ११:१३

२८ असार, काठमाडौं । मंगलबार सुन चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९४ हजार ५ सय, तेजावी सुनको मूल्य ९४ हजार र चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ ताकिएको छ ।

सोमबार छापाल र तेजावी सुनको मूल्य क्रमश: ९४ हजार ७ सय र ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी ११ सय ८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?