
काठमाडौं । हिन्दू महिलाहरुको पर्व तीज आउन झण्डै डेढ महिना बाँकी रहँदा युट्युब च्यानलहरु तीज गीतले भरिन थालेका छन् । कलाकारहरुले तीजलाई लक्षित गर्दै गीत सार्वजनिक गर्ने क्रमले तीव्रता पाएको छ ।
यसैबीच गायक भागीरथ चलाउनेले केही दिनअघि सार्वजनिक गरेको आफ्नो नयाँ गीत ‘झमझम झुम्काना’ले युट्युबमा राम्रो भ्युज पाएको छ । यो गीत अहिले युट्युबमा नेपाल ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।
गीतलाई अहिलेसम्म ७ लाख ४५ हजार बढी पटक हेरिसकिएको छ । गीतमा भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने बोमबहादुर गाहा मगरले शब्द रचना गरेका छन् । लय गायक चलाउनेकै रहेको छ ।
प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा भागीरथ र गीता ढुंगाना फिचर्ड छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4