
२८ असार, काठमाडौं । प्रहरीले झापामा अवैध सुपारी बरामद गरेको छ । सोमबार राति मेचिनगर नगरपालिकाबाट २४५ किलोग्राम अवै सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको टोलीले अवैधरुपमा भारत लैजाँदै गरेको सुपारी बरामद गरेको हो ।
सोमबार राति साढे १० बजे मेचिनगर नगरपालिका-६ बाट भन्सार छली भारत लैजाँदै गरेको १२० किलो र साढे २ बजे १२५ किलो सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद सुपारीको मूल्य एक लाख २२ हजार ५०० रुपैयाँ बराबर रहेको छ । उक्त सुपारी आवस्यक कार्बाहीको लागि मेचिनगर भन्सार कार्यालय पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4