
काठमाडौं । सनराइज बैंकले कैलालीको चुरे गाउँपालिका र झापाको विर्तामोडमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको निशुःल्क आँखा शिविरमा ६८० जना भन्दा बढीको आँखा परीक्षण गरिएको बैंकले जनाएको छ ।
कैलालीको चुरे गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ४०० भन्दा बढी र विर्तामोडमा २८० जना भन्दा बढीको आँखाको चेक जाँच गरिएको बैंकले जनाएको छ ।
कैलालीमा सञ्चालित निःशुल्क आँखा चेकजाँच शिविरमा नेपाल नेत्रज्योतीसंघ गेटा आँखा अस्पताल कैलालीको सहकार्य गरेको बैंकले जनाएको छ । शिविरमा आँखा चेकजाँच गराएका व्यक्तिहरुलाई औषधि तथा निःशुल्क चस्मा समेत बितरण गरिएको थियो ।
दुवै शिविरमा मोतिबिन्दुको समस्या देखिएका ३४ जनालाई निःशुल्क शल्यक्रिया समेत गरिने बैंकले जनाएको छ । विर्तामोडमा सञ्चालित शिविरमा दृष्टि आँखा अस्पताल विर्तामोडले सहकार्य गरेको थियो ।
प्रतिक्रिया 4