
फाइल तस्वीर ।
२८ असार, काठमाडौं । सभापतिको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेखा समिति बैठक बहिष्कार गरेको छ ।
बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।
भट्टराई र बास्कोटाले लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेको भए पनि कांग्रेसले सरकारमा गएको १ वर्षसम्म पनि नेतृत्व नछाडेको भन्दै प्रश्न उठाए । त्यसपछि उनीहरु बैठकमा नबस्ने भन्दै बाहिरिएका छन् ।
एमालेले सभापति फेरिएपछि मात्रै लेखा समितिको काम–कारबाहीमा भाग लिने अडान लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4