
२८ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच मंगलबार भेटवार्ता हुँदैछ ।
दिउँसो चार बजे होटल एभरेष्टमा नेता लिउ र अध्यक्ष नेपालबीच भेटवार्ता हुने नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ । मंगलबार नै नेता लेउ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।
आइतबार नेपाल भ्रमणमा आएका नेता लिउले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार भेटवार्ता गरेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार नै भेट भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4