
२८ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय अगाडि एकीकृत समाजवादी निकट अनेरास्ववियूका विद्यार्थीले आमरण अनशन सुरु गरेका छन् ।
त्रिविभित्र रहेका विकृति, विसङ्गति र शैक्षिक अपराधीकरण बढेको भन्दै उनीहरु १४ बुँदै मागसहित उनीहरुले मंगलबारदेखि आमरण अनशन सुरु गरेका हुन् ।
एम.फिल र पीएचडीलाई नियमित बनाउन, स्रोत, साधन र प्राध्यापक त्रिविको प्रयोग गर्ने, विद्यार्थीबाट चर्को शुल्क असुल्ने कार्य गर्ने रोक्नुपर्ने, स्ववियू निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने, सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने लगायत माग गरेका छन् ।
अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले १४ बुँदा माग पूरा नभएसम्म अनशन जारी राख्ने बताए । उनले भने, ‘हामीले शैक्षिक कार्यलाई प्रभाव नपार्ने गरी अनशन सुरु गरेका छौं । हाम्रो माग सम्बोधन नभएसम्म हामी अनशन जारी राख्नेछौं ।’
प्रतिक्रिया 4