
काठमाडौं । जगदम्बा सिमेन्टले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी जनशक्तिलाई लक्षित गरी निर्माणसम्बन्धी प्राविधिक तालिम सञ्चालन गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयको समन्वयमा प्रतिष्ठानका प्रहरी जनशक्तिलाई २० दिने निर्माण प्रविधि तालिम दिइएको हो ।
तालिममा प्राविधिकहरुले सिमेन्टको परिमाण, यसको सही प्रयोग गर्ने कार्यविधि र मापदण्डसम्बन्धी सीप र ज्ञानका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा कम्पनीका उपमहाप्रबन्धक सुनिल पौड्यालले जगदम्बा सिमेन्टका उद्योगहरु, प्रकार, ब्राण्डहरु, उत्पादन क्षमता, गुणस्तरबारे संक्षिप्त जानकारी दिएका थिए ।
कार्यक्रममा संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीको सही प्रयोग र संरचना निर्माण कार्यहरुमा विशेष ध्यान दिनुपर्ने विषयमा समेत सहभागीहरुलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा वरिष्ठ इन्जिनियर कुशल काफ्लेले जगदम्बा कंक्रिटका उद्योग तथा यस उद्योगबाट उत्पादन हुने विभिन्न प्रकारका टाइल्स्, पेभर, ब्रिक, ब्लक, कब्र्सबारे जानकारी गराएका थिए ।
कंम्पनीका वरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दाहालले यस्ता कार्यक्रमहरु निरन्तर गराउने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4