
२९ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।
नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ ।
बुधबार संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी छिन् । यो राष्ट्र बैंकको ऐन विपरित भएको भन्दै उनले भनिन्, ‘राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माग गर्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4