
२९ असार, काठमाडौं । फ्रान्सेली हस्पिटालिटी ग्रुप लुभ्र होटेल्स नेपाल आउने भएको छ । सौराहामा निर्माणाधीन ‘रोयल टुलिप रिसोर्ट’ लुभ्र होटेल्ससँगको ब्राण्ड सहकार्यमा सञ्चालनमा आउने गरी मंगलबार सम्झौता भएको छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको उपस्थितिमा केटिएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाह र लुभ्र होटल्स इण्डियाका निर्देशक अजय बकायाले ब्राण्ड सम्झौतामा हस्ताक्षर गरे ।
उक्त अवसरमा मन्त्री खड्काले पर्यटनको हब नेपालमा विश्वस्तरको अनुभव संगाल्को ब्राण्ड भित्रनु गौरवको विषय भएको बताए । लुभ्र होटल्स ग्रुप यूरोपको दोस्रो ठूलो होटल ब्राण्ड रहेको कम्पनीले बताएको छ ।
चितवनमा पाँचतारे स्तरको रोयल टुलिप २०७७ सालबाट निर्माण थालिएको थियो । ३४ रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा २२ वटा भवनमा सइटसहित ५ प्रकारका कोठाहरु बनाइएको छ ।
रिर्सोटमा डुंगा शयर, जलमहलको बास, स्वीमिङ पुल, हेल्थ क्लव, स्पा, चिल्ड्रेन पार्क, एमपी थिएटर, पदयात्रा मार्ग, आफ्नै बेकरीसहितको गि्रल बार र रेष्टुरेन्ट जस्ता सेवा रहने अध्यक्ष शाहले जानकारी गराए । रिर्सोट ८५ करोड रुपैयाँ लगानीमा बन्दैछ ।
रिर्सोटले २०८० को दशैबाट सेवा थाल्ने लक्ष्य लिएको छ । उता लुभ्रले भने ६० भन्दा बढी मुलुकका १ हजार ६ सय वटा होटेल सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया 4