
काठमाडौं । गायक केतन क्षेत्रीले ‘पन्छी’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा रमेश लुइँटेलको शब्द छ भने हेमन्त शिशिरले संगीत दिएका छन् ।
गीतको भिडियोमा कलाकारिता क्षेत्रको यथार्थ नबुझी देखासिकीमा लागेर कलाकार बन्न खोजिरहेकी एक महिलाको कथालाई चित्रण गरिएको छ । मुनाल शिशिर कोइरालाले निर्देशन गरेको भिडियोमा दिक्पाल कार्की, दीपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय रहेको छ ।
सुजन श्रेष्ठले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4