
तस्वीर: रासस
२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले भेटवार्ता गरेका छन् ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटको भएको हो ।
यसअघि काठमाडौं आएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए भने मंगलबार नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरी चिनियाँ टोली बुधबार नै स्वदेश फर्किने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4