
२९ असार, काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि प्रदर्शनकारीले कब्जा जमाएका छन् ।
प्रधानमन्त्री विक्रमसिंघेले देशमा संकटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन ।
आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ ।
कार्यालय प्रदर्शनकारीले नियन्त्रणमा लिए पनि विक्रमसिंघे कार्यालयमा नरहेको र उनी अन्तै सुरक्षित रहेको बीबीसीले जनाएको छ ।
यसअघि प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापक्षे देश छाडेर भागिसकेका छन् । राजापक्षे भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेका थिए ।
प्रदर्शनकारीले गत शनिबार नै विक्रमसिंघेको निजी निवासमा आगो लगाइदिएका थिए ।
प्रदर्शनकारीले कार्यालय कब्जा गरेपछिका भिडियोहरु हेर्नुहोस :
பிரதமர் அலுவலகத்தைக் கைப்பற்றிய உற்சாகத்தில் போராட்டக்காரர்கள்#SriLankaCrisis #lka #srilanka pic.twitter.com/pP3OM5TAaP
— Virakesari (@virakesari_lk) July 13, 2022
Waandamanaji nchini Sri Lanka wamevamia ofisi ya Waziri Mkuu jijini Colombo. pic.twitter.com/liF6T5XRuI
— Swahili Times (@swahilitimes) July 13, 2022
प्रतिक्रिया 4