
काठमाडौं । विश्व फिल्मको तथ्यांक राख्ने पोर्टल आईएमडीबीले नेपाली फिल्मबारे पनि आफूलाई नियमित अपडेट गर्ने गरिरहेको छ । पछिल्लो समय नेपाली फिल्मबारे आईएमडीबीमा प्रयोगकर्ताको रेटिङ पनि हेर्न सकिन्छ ।
उक्त रेटिङअनुसार आईएमडीबीमा ‘कबड्डी ४’ र ‘पशुपतिप्रसाद’को उच्च रेटिङ देखिएको छ । यी दुवै फिल्मलाई पोर्टलले कुल १० मा ८.५ रेटिङ दिएको छ ।
यी दुवै चर्चित फिल्मको आईएमडीबी रेटिङमा समानता देखिएको छ । कबड्डीको पहिलो श्रृंखला ८.२ रेटिङसहित दोस्रो स्थानमा छ । जात्रा ८.१, लुट ८, टलकजंग भर्सेस टुल्के ७.९, सेतो सूर्य ७.१, दासढुंगा ७.१ र कालोपोथीले ६.९ रेटिङ प्राप्त गरेका छन् ।
बक्स अफिस मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत विश्वास कमाएको आईएमडीबीमा धेरै रेटिङ पाउने प्रतिस्पर्धामा दीपेन्द्र के खनालको फिल्म पशुपतिप्रसाद र रामबाबु गुरुङको कबड्डी ४ अगाडि देखिएका हुन् ।
भारतमा भने सन् २०२२ मा द कश्मीर फाइल्स, केजीएफ च्याप्टर २, आरआरआर, गंगुबाई कठियावाडी, विक्रम, झुण्ड, सम्राट पृथ्वीराज, रनवे ३४, अ थर्सडे र हृदयम् आईएमडीबीको सूचीमा अटाएका छन् ।
प्रतिक्रिया 4