+

थाइल्याण्डमा एनआरटीको पहिलो जित

२०७९ असार  २९ गते १७:३१ २०७९ असार २९ गते १७:३१
थाइल्याण्डमा एनआरटीको पहिलो जित

२८ असार, काठमाडौं । नेपालको शीर्ष डिभिजन क्लब न्युरोड क्लब (एनआरटी)ले थाइल्याण्डमा भएको प्रिसिजन टुरमा पहिलो जित हात पारेको छ । एनआरटीले थाइ क्लब थोनबुरीलाई २–१ ले पराजित गर्दै प्रिसिजन टुरमा पहिलो जित निकालेको हो ।

थोनबुरीका लागि खेलको ३२ औं मिनेटमा किट्टीपोङ सेङपोङले गोल गर्दै थोनबुरीलाई १-० को अग्रता दिलाएका थिए । जवाफमा एनआरटीका लागि खेलको ५३ औं मिनेटमा मेसुके ओलोमोउले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

एनआरटीका लागि ७६ औं मिनेट दिपेश घलेले दोस्रो गोल गर्दै एनआरटीलाई जित दिलाएका हुन् ।

एनआरटीले यसअघिको दुई खेलमा दुवै खेल हारेको थियो । नेपाली टोली एनआरटी चोनबुरी एफसीसँग ९-० र कासेम बन्दित युनिभर्सिटी एफसीसँग ५-२ पराजित भएको थियो ।

एनआरटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय