
२९ असार, काठमाडौं । १३३ कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठकले १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।
नेपाल कानुन व्यवसायी परिषद ऐन २०५० अनुसार कुनै अधिवक्ताले कम्तीमा १५ वर्ष सर्वोच्च अदालत वा पुनरावेदन तहको अदालतमा कानुन व्यवसाय गरी, पेशाको उच्च मर्यादा राखी अदालतलाई सहयोग गरेको छ भन्ने सर्वोच्च अदालतलाई लागेमा त्यस्तो अधिवक्तालाई सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न सक्नेछ ।
यस वर्ष वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी, प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, नेपाल ल क्याम्पसका कमलमणि श्रेष्ठ, संवैधानिक कानुनका जानकार टीकाराम भट्टराईलगायत रहेका छन् ।
हेर्नुहोस् सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4