
२९ असार, काठमाडौं । सरकारी स्वमित्वको तीन वटा सार्वजनिक संस्थानले ३ देखि ९ वर्षसम्म पनि लेखापरीक्षण नराएको पाइएको छ ।
महालेखा परीक्षकको ५९औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ सम्म २६ संस्थाले लेखापरीक्षण गराएका छैनन् । १६ संस्थानले मात्रै तोकिएको समयमा लेखापरीक्षण गराउँदा विशाल बजार कम्पनी लिमिटेड, राष्ट्रीय बीमा संस्थान र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लामो समयसम्म लेखापरीक्षण नगराउने संस्थाको रुपमा छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ वर्ष, विशाल बजार कम्पनी लिमिटेडले ५ वर्ष र राष्ट्रीय बीमा संस्थान ९ वर्ष देखि लेखापरीक्षण नगराएको प्रतिवेदनमा उल्लेख छ । ३ वर्षको सञ्चालन अवस्था हेर्दा ४ क्षेत्रका १५ संस्थान निरन्तर घाटामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4