
२९ असार, काठमाडौं । करको दायारमा आउने करदाताको संख्या ४० लाख नाघेको छ ।
महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदन–२०७९ अनुसारमा आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीन वटै समूहका करदाताहरुको संख्यामा वृद्धि हुँदा करको दायरामा आउने कुल करदाताको संख्या ४० लाख ५९ हजार १०७ पुगेको हो ।
अघिल्लो वर्षको तुलनामा आयकरतर्फ १८.९ , मूल्य अभिबृद्धितर्फ ४.८७ र अन्तशुल्क इजाजत पत्रतर्फ ९.६८ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष आयाकरतर्फ स्थायी लेखा नम्बर लिनेहरुको संख्या ६ लाख ४५ हजार ७१७ ले बढेर ४० लाख ५९ हजार १०७ पुगेको छ ।
यस्तै मूल्य अभिवृद्धितर्फ करमा दर्ताहुनेहरुको संख्या १२ हजार ४७३ ले बढेर २ लाख ६८ हजार ४३६ पुगेको छ भने अन्तशुल्क इजाजततर्फ ९ हजार १३१ थपिएर इजाजत पत्र लिनेको संख्या एक लाख ३ हजार ४२३ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4