
काठमाडौं । आईएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजनाका विजेता सन्देश श्रेष्ठ र रामपुकार महतो भएका छन् । आईएमई पेको उक्त योजना अन्तर्गत सुनको सिक्का जित्ने दुई भाग्यशाली व्यक्ति बन्न श्रेष्ठ र महतो सफल भएका हुन् । श्रेष्ठ पहिलो दुई साता र महतो दोस्रो दुई साताको भाग्यशाली बिजेता बनेको आईएमई पेले जनाएको छ ।
दुवै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ र जनकपुरबाट काठमाडौँको हवाई टिकेट काटेका थिए ।
योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरु मध्य चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको बिजेताको नाम आईएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणा अन्तर्गत घोषणा भइसकेको छ ।
१ जेठदेखि सुरु भएको यस योजनामा आईएमई पे मोबाइल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकेट काटेका यात्रुहरु मध्य योजना अवधिभर हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका छन् ।
प्रतिक्रिया 4