
काठमाडौं । बर्जर पेन्ट्सको ‘बर्जर फेस्टिभ राइड’ ग्राहक योजनाको विजेता अर्जुन भट्ट घोषित भएका छन् । चितवनको नारायणगढका भट्टले बम्पर पुरस्कारबापत यामाहाको एफजेड–२५ मोटरसाइकल पाएका छन् ।
योजना अन्तर्गत जनकपुरका भरत शाहले दास्रो पुरस्कारबापत यामाहा फसिनो-१२५ एफआई मोटरसाइकल पाएका छन् । धनगढीका भिष्म ओझा र बुटवलका शिव भण्डारीले सामसुङ एस२१ मोबाइल जितेका छन् ।
२०७८ सालको दशैं तिहारको अवसरमा सञ्चालन गरिएको यस योजना अन्तर्गत ग्राहकहरुले चयन गरिएका बर्जर पेन्टका उत्पादनहरु खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस स्योर सट उपहार प्राप्त गरेका थिए । साथसाथै भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगितामा सहभागी भई अन्य आकर्षक उपहारहरु जित्ने अवसर पनि दिइएको थियो ।
लक्की ड्र मार्फत् विजेता बनेका अन्य ५० जना विजेताहरुले सामसुङ एम०२एस मोबाइल जितेका छन् । डिजिटल कन्टेस्ट अन्तर्गत प्रथम पुरस्कार रु १ लाख र केदार बजगाईले जितेका छन् भने दोस्रो पुरस्कार अन्तर्गत दुई जनाले ५०/५० हजार पाएका छन् । तेस्रो पुरस्कार बापत ५ जनाले ५/५ हजार र २० जनाले १०/१० हजार पुरस्कार पाएका छन् । त्यसैगरी सुरेस दाहालले पब्लिक च्वाइस अवार्ड अन्र्तगत २५ हजार जित्न सफल भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4