
२९ असार, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ मोरङले विरोध जनाएको छ ।
मन्त्री कार्कीले आफ्ना विरुद्ध समाचार लेख्ने पत्रकारलाई बलात्कारको आरोप लगाउने बताएका थिए । पदीय मर्यादा बिर्सिएर मन्त्रीले अभिव्यक्ती दिएको भन्दै महासंघले विरोध जनाएको हो ।
मन्त्रीको अभिव्यक्तिप्रति पत्रकारसम्वद संघ संगठनले पनि विरोध जनाएका छन् । प्रेस चौतारी मोरङ, प्रेस सेन्टर मोरङ, प्रेस युनियन र समाजवादी प्रेस संगठन मोरङले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै मन्त्रीको अभिव्यक्तीप्रति विरोध जनाउँदै माफी माग्न आग्रह गरेका छन् ।
विराटनगर महानगरपालिका–१२ मा निर्माणाधीन सुकुम्वासी बस्तीको समाचार लेखेकै आधारमा मन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेर पत्रकारविरुद्ध अभिव्यक्ति दिएको भन्दै महासंघ र अन्य संगठनहरुले मन्त्री कार्कीलाई आत्मसमिक्षा गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4