
काठमाडौं । सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको लम्कीमा रहेको २ सय ७ बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
बैंकले बुधबार कार्यक्रम अयोजना गरी लम्की चुहा नगरपालिका ५ चौरीमा रहेको जनजागृति माध्यामिक विद्यालयमा अध्यनरत विपन्न, गरिब तथा जेहेन्दार २ सय ७ विद्याथी बालबालिकालाई उनीहरुको पठनपाठनमा सहयोग पुगोस् भनेर शैक्षिक झोला सहयोग गरेको बैंकको लम्की शाखाका प्रमुख मातृका खड्काले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश बडुवालको अध्यक्षता तथा लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीको उपस्थितिमा सहयोग सामग्री वितरण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4